साउन ९ । गायक विर्ख विश्वकर्मा र गायिका सरस्वती उप्रेतीको तीज गीत ‘सुनको चुरा’ सार्वजनिक भएको छ। गीतमा डम्बर विश्वकर्माको शब्द, सम्झना बिसीको लय छ। भिडियोमा अशोक सुनारको निर्देशन छ। भिडियोमा शितल केसी, राज गजमेर, अञ्जली अधिकारी, सोनी लगुन फिचर्ड छन्।
भिडियोमा सुनिता गजमेरको कोरियोग्राफी छ। आक्स क्रियशन मिडिया एण्ड मुभिज प्रालिको प्रस्तुती रहेको तीज गीत ‘सुनको चुरा’ ओएसआर डिजिटल प्रालिको युट्युव मार्फत सर्वजनिक भएको हो।
Facebook Comments


























