चितवन, साउन ८ । बितेको २४ घण्टामा देशभर २ हजार ९७७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा १ हजार ६७८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार कुल १७ हजार ३०८ जनाको स्वाब परीक्षण गर्दा सो २९७७ जनामा संक्रमण पुष्टि भएको हो।
पीसीआर १३ हजार ६९८ जनाको गर्दा १९८२ जनामा संक्रमण पुष्टि भएको छ भने ३६१० जनाको एन्टिजेन परीक्षण गर्दा ९९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ। यस्तै बितेको २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएका छन्। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ९ हजार ६७९ पुगेको छ।
Facebook Comments


























