चितवन, साउन ८ । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की २३ वर्षीया सुजिता भण्डारीको मृत्यु प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। बेपत्ता भएको १० दिनपछि मृत भेटिएकी भण्डारी प्रकरणमा सुजिताको ठुलो बुबाको छोरा (दाजु पर्ने) सचिन भनिने सुकदेव भण्डारीलाई पक्राउ गरेको हो।
उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले आज (शुक्रवार) पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ।
झापाको झापा गाउँपालिका-६ शरणमति घर भएका २३ वर्षीय सचिन र सुजिताबीच विवाह गर्नेसम्मको तयारी रहेको र सोही विषयमा विवाद भएको चितवनका एसपी ओम अधिकारीले जानकारी दिए। उनी आफ्नै ठुलोबुबाको छोरा हुन्। असार ११ गते वेवात्ता सुजिता २० गते नजिकैको सामुदायिक वनमा मृत भेटिएकी थिइन्।

Facebook Comments


























