साउन ८ । सलोन सालीना फिल्म्सको ब्यानरमा बिएम एचडि टेलेभिजनको प्रस्तुती रहेने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको छ। प्रस्तुत सिरिजको कार्यकारी निर्मातामा अभिनेता सलोन बस्नेत रहेका छन् भने बिएम एचडि टेलेभिजन नै निर्माताको रुपमा रहेको छ। सुरेश न्यौपानेको लेखन तथा निर्देशन रहेको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, सृष्टि तिमिल्सिना,मनीषा ओझा, सन्तोष गिरी लगाएतको अभिनय छ।
सुरेश न्यौपानेको कथा, केदार भुषाल र सुमन गुरुङ गजमेरको लेखन, प्रशान्त शिवाकोटीको संगीत, शंकर भुजेल र ज्ञानकुमार कट्टेलको छायांकन, बन्दे प्रसादको सम्पादन, समीर मियाँको भीएफएक्स र कलर, शिशिर खातीको कोरियोग्राफी, सुमन गुरुङ गजमेरको सहायक निर्देशन र केमोदिन मियाँको सहायक सम्पादन छ। बुढासुब्बा डिजिटल युटुबमा प्रसारण हुनेछ।
नेपाली चलचित्र र थुप्रै मनोरन्जनात्मक कार्यक्रम प्रसारण गर्दै आएको बिएम एचडि टेलिभिजन ले सातै दिन नयाँ नयाँ सिरिजका साथै चलचित्रहरु प्रसारण गर्दै आएको छ। उक्त्त सिरिज साउन ७ गते बाट प्रत्येक बिहिबार बेलुकी ७ बजे प्रसारण गर्ने छ,साथै सोही दिन राती साढे ७ बजे बुढा सुब्बा डिजिटलको आधिकारिक युटुब च्यानल बाट पनि प्रसारण गरिने छ।

























