चितवन, साउन ७ । भरतपुरको सिमलडाँडामा गोली लागेर मृत्यु भएका पुरुषको पहिचान खुलेको छ।
भरतपुर महानगरपालिका वडा नं. १७ सिमलडाँडामा आज बिहान गोली लागेको अवस्थामा भेटिएको शव नेपाली सेनाको महेन्द्र दल गण टोखामा कार्यरत अन्दाजी वर्ष ३६ को भरत गुरूङको रहेको खुलेको छ।
उनको साथमा रहेको कागजपत्रको आधारमा उनको घर धादिङ जिल्ला निलकण्ठ नगरपालिका भएको खुलेको प्रहरीले जनाएको छ। गुरुङको टाउकोमा गोली लागेको जस्तो घाउ छ।
Facebook Comments


























