साउन ६ । भारतका अलगअलग क्षेत्रमा बुधबार बिहान शक्तिशाली भुकम्पको झट्का महशुस गरिएको छ।
राजस्थान, मेघालय तथा लद्दाखमा भूकम्प गएको हो। यी मध्ये राजस्थानको बीकानेरमा ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प मापन गरिएको छ। यसबाहेक मेघालयमा पनि भूकम्पको झट्का महशुस गरिएको छ।
भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले राजस्थानका बीकानेरमा आज बिहान ५ बजेर ३९ मिनेटछमा भूकम्पको झट्का महशुस गरिएको जनाएको छ।यसबाहेक लेह लद्दाखमा पनि बिहान करिब सवा ५ बजे भूकम्पको झट्का महशुस गरिएको छ, जसको मापन ३ दशमलव ६ रहेको जनाइएको छ।
Facebook Comments


























