साउन ४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहेको बताएका छन्। सोमबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई तथा शभकामना दिएको र कोरोनाविरुद्धको लडाइँमा हातेमालो गर्दै सँगै काग गर्न इच्छुक रहेको बताएका हुन्।
भारतीय प्रधानमन्त्री मोदीले ट्वीट गर्दै प्रधानमन्त्री देउवासँग टेलिफोन वार्ता भएको जानकारी दिएका हुन्। उनले टेलिफोन वार्तामा मिलेर काम गर्न प्रस्ताव गरेका छन्।
उनले लेखेका छन्, ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई र शुभकामना दिएँ। हामी कोभिड–१९ विरुद्धको लडाइँसहित भारत र नेपालबीच सहयोगको दायरा फराकिलो बनाउँदै संयुक्तरुपमा काम गर्न चाहन्छौँ।’
Facebook Comments


























