काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।
प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए। देउवाको पत्रपछि बसेको ठाकुर पक्षको बैठकले विश्वासको मत दिने निर्णय गरेको सांसद उमाशंकर अरगरियाले जानकारी दिए।
जसपाको उपेन्द्र यादव पक्षले यसअघि नै देउवालाई मत दिने निर्णय गरिसकेको छ। ठाकुर र यादव दुवै पक्षले विश्वासको मत दिने भएपछि प्रधानमन्त्री देउवाले जसपाबाट ३२ सांसदको समर्थन पाउने भएका छन्।
Facebook Comments


























