चितवन, साउन ३ । भरतपुर महानगरपालिका वडा नं ४ नवदुर्गाचोकमा रहेको तेज ईन्टरप्राईजेज फर्निचर गोदाम एंण्ड स्वरुममा भएको आगलागी नियन्त्रणमा आएको छ। तेजनारायण निउरेले सञ्चालन गरेको फर्निचर गोदाममा आज दिउँसो १ बजेर १० मिनेटमा आगलागी भएको थियो।
आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरको २ वटा तथा खैरहनी नगरपालिकाको १ वटा दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। फर्निचर गोदामको पछाडी स्वरुमको लागि नयाँ कोठा बनाउदा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको स्थानीय व्यक्ति माधव खरेलले जानकारी दिए।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
Facebook Comments

























