चितवन, साउन ३ । भरतपुर महानगरपालिका वडा नं ४ नवदुर्गाचोकमा रहेको तेज ईन्टरप्राईजेज फर्निचर गोदाम एंण्ड स्वरुममा आगलागी भएको छ। तेजनारायण निउरेले सञ्चालन गरेको फर्निचर गोदाममा आज दिउँसो साढे १२ बजे आगलागी भएको हो।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, भरतपुर महानगरको तथा खैरहनी नगरपालिकाको दमकल र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन्। आगो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। फर्निचर गोदामको पछाडी स्वरुमको लागि नयाँ कोठा बनाउदा वेल्डिङ गर्ने क्रममा विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको स्थानीय व्यक्ति माधव खरेलले जानकारी दिए।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

Facebook Comments


























