चितवन, साउन २ , पूर्वी चितवनको खैरहनीमा ट्याङ्करको ठक्करबाट घाईते भएका एक जनाको मृत्यु भएको छ। आज साझ साढे ६ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रकले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको मोटरसाईकललाई खैरहनी -८ चौबीसकोठीमा ठक्कर दिएको थियो।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ८ ख ३०२४ नम्बरको ट्याङ्करले पश्चिमबाट पूर्वतर्फ आउदै गरेको ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हाे। ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार खैरहनी नगरपालिका वडा नम्बर- १० निवासी २२ बर्षिया सिर्जना चौधरीको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जानकरी दिएको छ। मोटरसाइकल चालक रत्ननगर नगरपालिका ३ का २६ वर्षिय सुवास चौधरी सामान्य घाइते भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ।
Facebook Comments


























