काठमाडौं, असार २७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। कर्णाली र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका केही स्थानहरुमा मेघ घर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ।
देश १, बागमती , गण्डकी , कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित भारीरधेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।
Facebook Comments


























