चितवन, असार २४ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २८६ जना कोरोना संक्रमित निको भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यस्तै, १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ३७४ जनाको पीसीआर परीक्षणबाट १ हजार २१८ र ५ हजार १०३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ६५७ जना गरी जम्मा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हिजो १५ जनाले ज्यान गुमाएका थिए। मृतकको संख्या पनि आज बढेको छ।
Facebook Comments


























