असार २४ । अभिनेत्री अदिति बुढाथोकी भारत फर्किएकी छन्। चलचित्र ‘बाबरी’को छायांकन कहिलेबाट सुरु हुने पक्का नभएपछि उनी मुम्बई फर्किएकी हुन्। गत वैशाखको सुरुवातमा पूर्वका विभिन्न जिल्लाहरूमा छायांकन भइरहेको चलचित्र निषेधाज्ञा लागु भएसँगै रोकिएको थियो।
सरकारले निषेधाज्ञा खुकुलो बनाए पनि छायांकन कहिले सुरु गर्ने पक्का नभएका कारण अदिति मुम्बई पुगेकी हुन्। मुम्बईमा बसेर मोडलिङ गरिरहेकी उनी काममा निरन्तरता दिन नेपालबाट भारत गएकी हुन्। ‘कृ’बाट अभिनय यात्रा सुरु गरेकी उनले आफ्नै आमाको लगानीमा बनेको ‘बाबरी’ मार्फत कम ब्याकको योजना बनाएकी हुन्।
Facebook Comments


























