असार २१ । डेढ दशकदेखि नेपाली फिल्म, म्युजिक भिडियो, वृत्तचित्र निर्माणसँगै गीतसंगीत उत्पादन, वितरण गर्दै आएको क्लालिटी फिल्मसले ‘क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८’ आयोजना गर्ने भएको छ।
फिल्मसका अध्यक्ष उमेश गुरुङले नेपाली गीतसंगीत क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनसँगै ‘सर्जकलाई सम्मान, गुणस्तरीय सिर्जनालाई प्रोत्साहन’ भन्ने नाराका साथ अवार्ड आयोजना गर्न लागेको बताए।
अवार्डको लागि असार १७ गतेबाट फाराम खुल्ला गरिएको छ। क्वालिटी फिल्मसको कार्यालय अनामनगर र अनलाइनमार्फत भर्न सकिने यो फारामको म्याद साउन १५ सम्म तोकिएको छ।
अध्यक्ष गुरुङका अनुसार यो अवार्ड विविध ४७ विधामा प्रदान गरिने छ। गीतसंगीततर्फ, गायिक, गायिका, संगीतकार, गीतकार, संगीत संयोजक, म्युजिक कम्पनी, रेकर्डिस्ट, म्युजिक भिडियो निर्देशक, छायाकार, सम्पादक, अभिनेता अभिनेत्रीलाई अवार्ड प्रदान गरिने छ।
यस्तै फिल्म विधाको गीतसंगीत, स्कृप्ट, अभिनय, निर्देशनजस्ता विधामा अवार्ड प्रदान गरिने छ। फेशन विधामा फेशन स्टाइल, कस्ट्युम डिजाइनजस्ता विधामा अवार्ड प्रदान गरिने भएको छ। यी विधामा डायस्पोरातर्फ पनि अवार्ड प्रदान गरिनेछ।
अवार्डको लागि २०७६ बैशाख १ बाट २०७८ असार मसान्त सम्म रेकर्ड भएर सार्वजनिक रुपमा आएका गीतसंगीत, म्युजिक भिडियो, फिल्म, सट फिल्म, फेशन कार्यक्रम, मोडलिङजस्ता विधाले भाग लिन पाउने छन्।


















![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)







