असार २० । महामारीका कारण जारी गरिएको निषेधाज्ञाले रोकिएको चलचित्र ‘आँधी तुफान–२’को छायांकन पुनः सुरु हुने भएको छ। साताबाट पुनः छायांकनमा जाने तयारी भइरहेको चलचित्रकी निर्माता मौनता श्रेष्ठले जानकारी दिएका छन्।
फिल्म सुटिङको तयारी गर्दै उनले लेखेका छन्, ‘कोरोनाको दोस्रो लहरका कारण ७ दिन छायाँकन भएर रोकिएको फिल्म ‘आँधी तुफान–२’ करिब दुई महिनापछि २० असार भित्र छायांकनमा जाँदैछौ। माया गर्ने हरेकलाई धन्यवाद।’
मदन घिमिरेले निर्देशन गर्ने उक्त चलचित्रमा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुव कोइराला, सञ्जय खतिवडा, पुस्कर राउत, सविन लामा, राजाराम गौतम लगायतका कलाकारले अभिनय गर्नेछन्।
यो चलचित्र दशकअघि हिट भएको चलचित्र ‘आँधी तुफान’ को सिक्वेलका रुपमा बन्ने छ। थ्रीलर र सस्पेन्स विषयमा बन्न लागेको फिल्ममा रामशरण उप्रेतीको छायाँकन, प्रेम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहनेछ।


























