असार २० । साताको पहिलो आइतबार सेयर बजार परिसूचक नेप्से ८.४८ अंकले घटेको छ। यस्तै आज दिनभरिमा ५ अर्ब ५ करोडको मात्रै सेयर खरिदबिक्री भएको हो।
आइतबारको कारोबारमा क वर्गका कम्पनीको मापन गर्ने सूचक सेन्सिटिभ पनि शून्य दशमलव ३३ अंकले झरेको छ। आजको कारोबारमा २ सय २४ कम्पनी सामेल भए। त्यसमा ६० हजार १ सय ७५ पटक कारोबार भयो।
उक्त अवधिमा कम्पनीहरुको १ करोड ८ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। १३ उपसमूहमध्ये आज होटल र पर्यटन, अन्य, म्युचुअल फन्डबाहेक बाँकीको कारोबार सूचक पनि ओरालो लागेको छ।
Facebook Comments

















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)








