असार २० । भूमध्य सागरमा डुंगा दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ। ट्युनिसिया नजिकको भूमध्य सागरमा भएको उक्त डुंगा दुर्घटनामा ज्यान गुमाउने अधिकांश प्रवासीहरु रहेको बीबीसीमा जनाइएको छ।
लिबियाबाट इटाली जाँदै गरेको उक्त डुंगा डुबेर दुर्घटनामा ८४ जनाको उद्धार गरिएको जनाइएको छ। दुर्घटनामा परेको उक्त डुंगामा बंगलादेश, इजिप्ट र सुडानका मानिसहरु रहेका थिए। इन्जिन बिग्रेपछि डुंगा डुबेको अनुमान लगाइएको छ।
Facebook Comments


























