असार १५ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँ कायम भएको थियो। आज तेजावी सुन प्रतितोला ९० हजार १ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले ओरालो लाग्दै घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
Facebook Comments


























