चितवन, असार १२ । आज कोरोनाभाइरस संक्रमितको संख्या केही घटेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या बढेको छ। आज कोरोनाबाट ४ हजार ९१४ जना निको भएका छन्। शुक्रबार पाँच हजार ४५५ जना निको भएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार १६ जनामा संक्रमण देखिएको छ। देशभर नौ हजार ८१० जनाको स्वाब परीक्षण गरिएको थियो। शुक्रबार दुई हजार ४७६ जनामा संक्रमण देखिएको थियो।
आज ४ हजार ७०४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार १७४ जनामा र चार हजार ८०६ जनाको एन्टिजन परीक्षण गर्दा ८४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट ३० जनाको मृत्यु भएको छ। शुक्रबार २७ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको संख्या आठ हजार ९७५ पुगेको छ।
Facebook Comments


























