असार १२ । कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ। भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो।
हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए। राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई केही भएको छैन। राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन्। आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन। एजेन्सी
Facebook Comments


























