असार १२ । फिल्म ‘ड्रिम्स’बाट उदाएकी अभिनेत्री सन्ध्या केसीले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन्। उनले सामाजिक सञ्जालमार्फत ‘खुशी शेयर गरेपछि मात्र वास्तविक हुन्छ’ भन्दै आभूषणसँग विवाह गरेको उल्लेख गरेकी छन्।
‘हामीले कानुनी रुपमा एक अर्कालाई स्वीकार गरेका छौं। आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु। जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ,’ उनले लेखेकी छन्।
उनले कोभिड महामारीपछि सामान्य अवस्था आउनासाथ धार्मिक परम्परा अनुसार विवाह गर्ने जनाएकी छन्। सन्ध्याले फिल्म ‘पण्डित बाजेको लौरी’मा अभिनय गरेकी थिइन्।
Facebook Comments


























