स्याङ्जा, असार ११ । स्याङ्जामा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ।
शुक्रबार बिहान परेको चट्याङबाट स्याङ्जामा १५ वर्षीय किशोरको मृत्यु भएको हो। अर्जुनचौपारी गाउँपालिका-२ घडेरीका पूर्णबहादुर गुरुङका छोरा रोहितको मृत्यु भएको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीले जानकारी दिए।
उनका अनुसार बिहान साढे ५ बजे घरमा सुतिरहेको अवस्थामा च्ट्याङ पर्दा मृत्यु भएको हो। मोबाइल चार्जमा राखेर सुतेका रोहित चट्याङबाट करेन्ट लाग्दा मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।
Facebook Comments


























