चितवन, असार ११ । बिहीबार बिहान चितवनको नारायणगढमा रहेको नारायणी नदीमा हाम फालेर एक युवक बेपत्ता भएका छन्। वडा प्रहरी कार्यालय नारायणगढका अनुसार बिहान सवा ११ बजेको समयमा १८/१९ बर्षको देखिने एक पुरुषले हाम फालेका हुन्।
हाम फाल्नेबित्तिकै बटुवाहरुले देखेर प्रहरीलाई खबर गरे पनि पानी धमिलो भएको कारण ती युवालाई उद्धार गर्न नसकिएको प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिए।
“हामीले हाम फालेको केही मिनेटमा उद्धारको लागि नदीमा पस्यौँ,” उनले भने, “तर पानी धमिलिएका कारण उसलाई देख्नै सकिएन।”
Facebook Comments


























