असार ११ । अमेरिकाको फ्लोरिडा राज्यको मियामी शहरमा एक १२ तले भवन ढल्दा कम्तिमा एक जनाको मृत्यु भएको छ।
यस भवन ढल्दा अहिलेसम्म ९९ जना बेपत्ता रहेको सिएनएनले जनाएको छ। अहिलेसम्म ३७ जनालाई उद्धार गरिएको मिडिया रिपोर्टमा जनाइएको छ।अहिलेसम्म यस भवनमा कति जना थिए भन्ने स्पष्ट नभएको अमेरिकी मिडियाले बताएका छन्। मियामीको उत्तरी सर्फसाइडमा रहेको यो भवन १९८० मा बनेको र यस भवनमा २३० फ्ल्याट रहेको बताइएको छ।
अहिले उद्धारको काम जारी रहेको छ भने फ्लोरिडाका गभर्नरले राज्यमा आपतकालको घोषणा गर्दै भवनमा फसेकाको खोजि, राहत र उद्दारमा लागिरहेको बताएको सिएनएनले उल्लेख गरेको छ। एजेन्सी
Facebook Comments


























