असार १० । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। तोलामा २०० रुपैयाँ घटेको सुन आज प्रतितोला ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज तेजावी सुनको मूल्य भने प्रतितोला ९० हजार रुपैयाँ कायम भएको छ। आज चाँदीको मूल्य भने स्थिर छ। चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























