असार ९ । झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ। आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन।
नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ। एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए।
बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन्। मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो।
पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो।
Facebook Comments


























