असार ८ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबारको तुलनामा आज सुन प्रतितोला ६०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला ९१ हजारमा कारोबार भइरहेको छ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि बढेको छ। हिजो १ हजार २९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर १ हजार ३ सय रुपैयामा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
Facebook Comments


























