असार ७ । कोरोनाको कहर कम भएसँगै भारतीय सरकारले लकडाउनमा केही छुट दिन थालेका छन्। जसको कारण बलिउड फिल्मको सुटिङ सुरु हुन थालेका छन्। अभिनेता अक्षयकुमारले पनि फिल्म ‘रक्षाबन्धन’ को सुटिङ सुरु गरेका छन्। छायाँकन स्पोटको एक तस्बिर शेयर गर्दै अक्षयले यसबारे जानकारी दिएका हुन्।
तस्बिरमा अक्षयकुमार निर्देशक आनन्द एल रायसँग देखिएका छन्। उनले पहेलो कुर्ता र ग्रे पाइट लगाएका छन्। तस्बिरमा अक्षय आनन्दसँगै बसेर कुरा गरिरहेका छन्। अक्षयको हातमा क्ल्याप पनि देख्न सकिन्छ।
फिल्म ‘रक्षाबन्धन’ मा अक्षयको बहिनीको भूमिका साहेजमीन कौर, दीपिका खन्न, सादिया खतिव र स्मृति श्रीकांतले निभाएका छन्। अक्षयकुमारले यो फिल्म आफ्नो बहिनी अलकालाई समर्पित गरेका छन्। अलका यो फिल्मको सह प्रोडुसर पनि हुन्। फिल्म ‘रक्षाबन्धन’ को रिलिज मिति ५ नोभेम्बर बताइएको छ।
Facebook Comments


























