चितवन, असार ७ । रत्ननगरमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। सोमबार दिउँसो साढे १ बजे रत्ननगर नगरपालिका ५ मगरटोलकी ३२ वर्षिया गीता अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको हो।
जनकौली मध्यवर्ती सामुदायिक वनमा निउरो टिप्न गएको समयमा बाघले आक्रमण गर्दा अधिकारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टांँडीका कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
यसैबिच, मृतक अधिकारीको शव प्रहरीले जंगलबाट निकाल्न नसकेको भन्दै स्थानियले चितवन राष्ट्रिय निकुञ्ज, सौराहा सेक्टर कार्यालय नजिकै आँगो बालेर प्रदर्शन समेत गरेका छन्।
मान्छे मार्ने बाघलाई बेहोस बनाई नियन्त्रणमा लिईएको छ।

Facebook Comments


























