काठमाडौं, असार ६ । सर्वोच्च अदालतले अग्रपङ्क्तिमा खटिएर काम गर्ने पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ।
अर्थसन्सार डटकमका प्रधान सम्पादक तथा अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले पत्रकारको पेसागत प्रकृति र परिस्थिति, जनसमुदायमा पुग्नुपर्ने र जनसम्पर्कमा हुनुपर्ने भएकाले विशेष परिस्थितिलाई मध्यनजर गरेर पहिलो खोप लगाएकालाई दोस्रो र पहिलो पनि नलगाएकालाई पहिलो डोज खोप दिन अन्तरिम आदेश दिएको हो।
अन्तरिम आदेश दिनु नपर्ने कुनै कारण आधार भएमा १५ दिनभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सर्वोच्चले निर्देशन दिएको छ।
Facebook Comments


























