काठमाडौं, असार ६ । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भारत भएका पूर्व प्रधानमन्त्री झलनाथ खनालको अवस्था क्रमिक सुधार हुँदै गएको छ। भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
भट्टराईका अनुसार खनालको ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ। स्वास्थ्यमा सुधार आएसँगै खनाललाई अहिले अक्सिजन सर्पोट निकालेर उपचार थालिएको छ।
‘उहाँको स्वास्थ्यमा सुधार आइरहेको छ । पूर्णरुपमा सुधार हुन केही समय भने लाग्नेछ’, भट्टराईले भने।
पूर्वप्रधानमन्त्री खनालसँग आफूले प्रत्यक्ष भिडियो कुराकानी गरेको उनले जानकारी दिए। साथै उनले खनालको स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद समेत ज्ञापन गरे।
Facebook Comments


























