असार ६ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन ९० हजार रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मुल्य पनि आज १५ रुपैयाँले घटेको छ। साताको कोरोबारको पहिलो दिन आज चाँदी प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























