काठमाडौं, असार ६ । पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोना भाइसको संक्रमणपछि निधन भएको छ।
बिष्टको स्वास्थ्य अवस्था जटिल बनेपछि सुर्खेतबाट काठमाडौँ ल्याई उपचार थालिएको थियो। उनको उपचारकै क्रममा मेडिसिटी अस्पतालमा आइतबार बिहान पाँच बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
कांग्रेस सुर्खेतका सभापति भइसकेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधानसभा सदस्य भएका थिए। उनी २०७४ को देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री भएका थिए।
Facebook Comments


























