काठमाडौं, असार ५ । सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनबाट खसेर एक युवकको मृत्यु भएको छ। प्रहरीका अनुसार निर्माणाधिन भवनबाट खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको मृत्यु भएको हो।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार शुक्रबार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेका थिए। उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो।
Facebook Comments


























