असार ३ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा १ हजार १ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार बुधबारको तुलनामा आज सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेर तोलाको ९२ हजार रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ। त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँ घटेको छ। आज चाँदी तोलामा एक हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























