नवलपुर, असार ३ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बौदीखोलामा आएको बाढीले ढलानका लागि तयारी अवस्थामा रहेको निर्माणाधीन पुल बगाएको छ। बौदीकाली गाउँपालिकाको–१ र २ जोड्नका लागि शेरामा निर्माणाधीन अवस्थामा रहेको पुलको स्ल्याब र बिम बगाएको गाउँपालिका कार्यालयले जनाएको छ।
बौदीकाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीका अनुसार शेरामा निर्माण हुँदै गरेको पुलको फलामे संरचनालाई बाढीले बगाएको हो। सुवेदीका अनुसार तीन करोड ५० लाखको लागतमा निर्माण भएको पुलको काम अन्तिम चरणमा पुगेको थियो।
Facebook Comments


























