लसएञ्जल्स, जेठ २९ । पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन्। उनी २७ वर्षकी थिइन्। केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन्। जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो।
तस्वीरमा उनी जर्जको तस्वीर अगाडि क्यामराले खिचिरहेको देखिएकी थिइन्। जर्जलाई गत वर्ष अमेरिकामा प्रहरीले हत्या गरेको थियो।
यो तस्वीरका कारण उनको ज्यान लिने धम्कीसमेत आएको थियो। उनको निधनले सबै आश्चर्यमा परेका छन्। प्रहरीले के कारणले मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ।
डकोटाको वास्तविक नाम लरेन केय स्कट थियो। डकोटाको पतिले प्रहरीलाई डकोटा मृत भेटिएको खबर गरेका थिए। परिवारका अनुसार उनी आफ्नो निजी जीवनबाट निकै चिन्तित थिइन्। उनी आफूलाई अनलाइन ट्रोल बनाएकोमा चिन्तित थिइन्। अमर उजाला
Facebook Comments


























