दाङ, जेठ २८ । कुलोको विषयमा भएको विवादमा दाङको तुल्सीपुरमा गोली चलाएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा तुल्सीपुर उपमहानगरपालिका –८ का पूर्णबहादुर वली रहेका छन्।
प्रहरीले उनीसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ। वलीले चलाएको गोली कसैलाई लागेको छैन। अहिले प्रहरीले कसलाई गोली हान्न खोजेको र हतियार कहाँबाट आयो भन्ने विषयमा अनुसन्धान गरिरहेको बताएको छ।
Facebook Comments


























