नवलपरासी, जेठ २८ । गैंडा मारेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले नवलपरासीबाट एकजनालाई पक्राउ गरेको छ। निकुञ्जका अनुसार, चोरी शिकार नियन्त्रण इकाईले सोमे गुरुङलाई नवलपरासीको गैंडाकोट नगरपालिकाको ढोडेनी भन्ने स्थानबाट पक्राउ गरेको हो।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेका गुरुङले निकुञ्जमा चारवटा गैंडा मारेको स्वीकार गरेका छन्। निकुञ्जले गैंडा चोरी शिकारी शून्य बनाएको चौथो वर्षपछि गुरुङको समूहले निकुञ्जमा गैंडा मारेको खुलेको छ।
Facebook Comments


























