जेठ २७ । आज नेप्से परिसूचकमा १.८० अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक १.८० अंकले घटेर २९४४.७८ विन्दुमा झरेको हो।
हिजो दोहोरो अंकले घटेको नेप्से आज पनि घटेको हो। बिहीबार नेप्सेमा सामान्य गिरावट आएपनि यता क वर्गका सेन्सेटिभ इन्डेक्स भने बढेको छ।
नेप्सेका अनुसार यस दिन सेन्सेटिभ इन्डेक्स २.५९ अंकले बढेर ५२७.८७ विन्दुमा पुगेको हो। बिहीबार कुल २२० कम्पनीका ३ करोड ६ लाख ६ हजार २६४४ कित्ता सेयर १ लाख ५५ हजार ६९० पटक किनबेच हुँदा कुल १६ अर्ब १० करोड ४ लाख १२ हजार ४३६ रुपैयाँको कारोबार भएको छ।
यस दिन विकास बैंक समूह धनात्मक हुँदा वाणिज्य बैंकहरु ऋणात्मक भएका छन् भने होटल तथा पर्यटन, व्यापार, जीवन बीमा, निर्जीवन बीमा लगायत अन्य समूह ऋणात्मक रहेका छन्।
Facebook Comments


























