काठमाडौं, जेठ २७ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। चाँदीको मूल्य भने बढेको छ। सुनको मूल्य प्रोतितोला ३०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलाको ९३ हजार ९०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ४०० रुपैयाँ निर्धारण भएको छ।
यसअघि बुधबार छापावाल सुनको मूल्य तोलाको ९४ हजार २०० रुपैयाँ कायम थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो।
Facebook Comments


























