जेठ २६ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १०० रूपैयाँले बढेको छ।
आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार २०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ रहेको छ। चाँदीको मूल्य भने आज घटेको छ। चाँदीको मूल्य आज प्रतितोला ५ रूपैयाँले घटेर १३ सय ५० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।
Facebook Comments


























