जेठ २३ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। साताको पहिलो दिन आज सुन तोलामा ७०० रुपैयाँ बढेको हो। त्यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँ बढेको छ।
बढेको नयाँ मूल्य अनुसार आज नेपाली बजारमा छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। साताको अन्तिम दिन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको सुन ९३ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रति तोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।महासंघका अनुसार, चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँले बढेको हो।
Facebook Comments


























