जेठ २२ । नाइजेरियामा ट्वीटरलाई अनिश्चितकालको लागि निलम्बन गरिएको छ। नाइजेरियाका सूचनामन्त्री लाइ मोहमदले ट्वीटरलाई अनिश्चितकालका लागि निलम्बन गरेको घोषणा गरेका हुन्।
केहि दिनअघि ट्वीटरले राष्ट्रपति मोहम्म्दू बुहारीको एक ट्वीट हटाइदिएपछि विवाद बढेको थियो। ट्वीटरले सो ट्वीट ट्वीटरको नियमविरुद्ध रहेको बताएको थियो। सो ट्वीटमा १९६७-७० को नाइजेरियाई गृहयुद्धको उल्लेख थियो।
यद्यपि नाइजेरियाको सरकारले आफ्नो बयानमा राष्ट्रपतिको ट्वीट हटाएको विषय भने उल्लेख गरेको छैन। सूचनामन्त्रीले अमेरिकी कम्पनिले आफ्नो नियन्त्रणमा राख्न खोजेको आरोप लगाउदै अमेरिकी कम्पनिले दोहोरो मापदण्ड अपनाएको आरोप लगाएका छन्। त्यस्तै ट्वीटरले यस घटनालाई चिन्ताजनक भनेको छ। एजेन्सी
Facebook Comments


























