मुम्बई, जेठ २२ । बलिउड र दक्षिण भारतीय फिल्ममा सक्रिय अभिनेता काजल अग्रवाल पछिल्लो दिनमा विवाहपछि पतिसँगको तस्वीरका कारण चर्चामा आइरहेकी छन्।
विवाहपछि फिल्मका लागि आधा पारिश्रमिक घटाएकी काजल चाँडै नै नयाँ फिल्म ‘उमा’मा शीर्ष चरित्रमा देखिँदैछिन्। सुजाय घोषले निर्देशन गर्ने यो फिल्मको निर्माण अभिषेक घोषको एवीएमए मिडिया र मन्त्रराज पालीवालको मिराज ग्रुपले गर्दैछन्।
अभिनेत्री काजलले फिल्ममा अनुबन्धित भएको पुष्टि गरेकी छन्। ‘उमाको यात्रा सुरु गर्नका लागि उत्साहित छु’, उनले ट्वीट गरेकी छन्। निर्माण पक्षले काजलबाहेक अन्य कोही कलाकार घोषणा गरेको छैन। सन् २०२१ को अन्त्यसम्ममा फिल्मको सुटिङ पुरा हुने बताइएको छ। एजेन्सी
Facebook Comments


























