मुम्बई, जेठ २० । फिल्म ‘केजीएफ’ अभिनेता यश अभिनयको अलवा सहयोगी भावनाका कारण पनि चर्चित छन्। उनी आफ्ना फ्यानको ध्यान राख्ने र उनीहरुका लागि केही न केही समेत गर्दछन्।
अहिले भने अभिनेता कन्नड फिल्म उद्योगका मजदुरका लागि सहयोगी हात बढाएका छन्। कोरोनाको कारण फिल्मको काम बन्द भएको कारण दैनिक ज्यालमजदुरी गर्ने कामदार अहिले आर्थिक समस्यामा छन्। फिल्म उद्योगका ३ हजार बढी मजदुरलाई उनले सहयोग गर्ने भएका छन्।
‘मेरो कन्नड फिल्म उद्योग कोरोनाको कारण नराम्रो अवस्थामा छ। यस्तो अवस्थामा म फिल्म उद्योगको २१ डिपार्टमेन्टका ३ हजार बढी मजदुरलाई आफ्नो तर्फबाट ५/५ हजार रुपैया उनको खातामा हाल्दिन्छु।’ आफ्नो सहयोगले कोरोनाले पुर्याएको नोक्सानको भरपाई नभएपनि केही सहयोग मिल्ने उनको भनाइरहेको छ।
यश छिट्टै फिल्म ‘केजीएफ च्याप्टर २’मा देखिने छन्। फिल्ममा उनको अलवा रवीना टन्डन, संजय दत्तको पनि मुख्य रहेको छ। फिल्म १६ जुलाइमा रिलिज हुनेछ। एजेन्सी


























