जेठ २० । इजरायलको ११औँ राष्ट्रपतिमा इसाक हर्जोग निर्वाचित भएका छन्। उनलाई इजरायी संसद् नेसेटले ११औँ राष्ट्रपतिमा निर्वाचित गरेको हो। ६० वर्षीय हर्जोगका पिता सियाम पनि १९८३ देखि १९९३ सम्म इजरायलको राष्ट्रपति बनेका थिए।
बुधबार भएको निर्वाचनमा हर्जोगले १२० मध्ये ८७ मत पाएका थिए। उनका प्रतिद्वन्द्वी शिक्षाविद् मिरियम परेजले ३३ मत मात्र प्राप्त गरे। हर्जोग यसअघि इजरायलको लाबोर पार्टीका पूर्व प्रमुख थिए। सन् २०१३ को संसदीय निर्वाचनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको विपक्षमा उनी चुनावमा लडेका थिए। प्रधानमन्त्री नेतन्याहुले हर्जोगलाई बधाइ दिएका छन्। एजेन्सी
Facebook Comments

























