जेठ १९ । बलिउड अभिनेता अमिताभ बच्चनले कोरोनाको महामारीका कारण आर्थिक संकटमा परेका पत्रकारहरुलाई सहयोग गरेका छन्।
कोरोनाको कारण केही फ्रिलेन्सर पत्रकार तथा फोटोपत्रकारले काम गुमाएका थिए। जसका कारण आर्थिक समस्यामा परेका थिए। बच्चनले उनीहरूको खाना, बिजुलीको बिल, घरको भाडा, बच्चाको पढाई खर्चलगायत आधारभूत आवश्यकता पुरा गरिदिएका हुन्।
‘बच्चनले केही अगाडि फ्रिलेइन्सर पत्रकारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका थिए।उनी विश्वस्त हुन चाहन्थे सहयोग सही व्यक्तिलाई नै होस् भनेर। उनी मिडियाकर्मीको बारेमा निकै चिन्तित थिए,’पत्रकार एस फिदाइले बलिउड तड्कालाई जानकारी दिएका छन्।
राहत पाउने सबै १० देखि २५ वर्ष पत्रकारितामा सक्रिय रहेकाहरू हुन्। उनीहरूले तीन महिनालाई पुग्दो सहयोग पाएका छन्।
Facebook Comments


























