जेठ १९ । बुधबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार कारोबार भएको रकम नै बुधबार पनि कायम हुँदै सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कायम भएको हो।
यता तेजाबी सुनको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बुधबार प्रतितोला १० रुपैयाँले घट्दै एक हजार ३६० रुपैयाँ कायम भएको छ।
Facebook Comments


























